दुई महिला बिरुद्ध जस्टिनको मुद्धा

गायक जस्टिन बीबरले दुई महिलाविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका छन् । उनलाई यौन शोषणको आरोप लगाउने दुई महिलाविरुद्ध प्रत्येकबाट १–१ करोड डलर जरिवानाको माग गर्दै उनले मुद्दा दर्ता गराएका हुन् ।

सन् २०१४ र २०१५ मा ट्वीटरको माध्यमबाट दुई महिलाले जस्टिनमाथि यौन शोषणको आरोप लगाएका थिए । गायकले आफू माथि लागेको आरोपको खण्डन गरेका छन् । बीबरले दुवै एकाउन्ट एकैजनाले चलाउने गरेको दाबी गरेका छन् ।