प्रिति आलेको तिज गीत ‘फरिया लरीलै बरिलै ’
दोहोरी ब्याटल गाएर चर्चामा आएकी प्रिती आलेको नयाँ तिज गीत बजारमा आएको छ । उनले तीज गीतलााई पनि फरक तरिकाले नै गाएकी छन् । ‘फरिया लरीलै बरिलै ’ बोलको गीतमा उनले रक प्याटनमा गाएकी छन् । एक नारायण भण्डारीको शब्द रचना रहेको यस गीतमा एकनारायण भण्डारीकै संगीत संयोजन रहेको छ ।
लोक शब्दमा पपको फ्लेवरमा रहेको गीत प्रिती आलेले गाएकी छन् । लोक गीतमा परिचित रहेका गायक तथा संगीतकार एकनारायण भण्डारीको यो तीज कोसेली फरक शैलीको रहेको छ । गीतले छाडा केटा जिस्किएर डिस्टप नगर खाल्का शब्दहरू गीतमा समावेश रहेका छन् । गीतमा आफैले मोडलिङ गरेकी छन् । सार्वजनिक भएको गीतलाई भण्डारीले आफ्नो आधिकारिक युट्युव च्यानल बाट गीतको सार्वजनिक गरेका छन् ।
यस भन्दा अगाडि प्रिति आलेले प्रकाश सपुतसँग मिलेर दोहोरी ब्याटल गाएकी थिइन । भाग एक र भाग दुइ भनेर निकालिएका गीत निकै लोकप्रिय भएका थिए । उनले गाएका दर्जनौ गीतहरू युवा पुस्तालाई लक्षित रहेका छन् ।
प्रतिक्रिया