साम्राज्ञीको गुनासो, ‘सुटिङका बेला कयौंपटक शोषणको शिकार भएँ’

नेपाली फिल्मी क्षेत्रकी अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै फिल्ममा लागेर नमिठो अनुभव भोगेको भन्दै गुनासो गरेकी छन् । उनलाई फिल्म क्षेत्रमा काम गर्दा भएका स-साना कुराको स्मरण गरेकी छन् ।

‘फिल्म क्षेत्रमा सबै राम्रा मान्छे हुँदैनन् , ‘ उनले आफ्नो नमिठो अनुभवमा भनेकी छन् । अभिनेत्री साम्राज्ञीले फिल्म सुटिङका बेला छायांकन स्थलमा खानका लागि पानी माग्दा समेत फिल्मका निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको बताइन् । उनले तितो यथार्थ खोल्दै भनेकी छन् ,’सुटिङ सेट भन्दा बाहिर जान नपाइने हुनाले अरुसँग पानी माग्नै पर्छ । सुटिङ सेटमा खाना र पानीको व्यवस्था गरिदिन आग्रह गर्दा निर्माता र निर्देशकहरु आक्रमण शैलीमा आउँथे । जसका कारण धेरुै बेर म धेरै बेर रुन्थेँ । १२ मिनेट ७ सेकेण्डको भिडियोमा उनले कति कुरा भन्न नसकिएको समेत बताएकी छन् ।