सुशान्तको आत्महत्या नेपोटिज्म विरुद्धको क्रान्ति : कुमार सानु 

बलिउड अभिनेता सुशान्त सिहंका बारेमा दिग्गज गायक कुमार सानुले निकै समय पछि मुख खोलेका छन् । उनले हिजो इन्स्टामा एक भिडियो सार्वजनिक गर्दै सुशांत सिंह राजपूतलाई श्रद्धांजलि अर्पण गरे । उनले भने ,बलिउडिजम बलिउडमा अरू तिरको  भन्दा बढी छ । त्यस कारण पनि सुशान्त यसको शिकार हुन पुगे । अवको नयाँ पुस्ताले यस्तो  सुशान्तको जस्तो हविगत भोग्न नपर्ने बताएका छन् । उनले भनेका छन्, क्रान्तिले आउने पुस्ताले समान रूपमा काम पाउने छ ।

भिडियो साझेदारी गर्दै कुमार सानुले क्याप्सनमा लेखेका छन्, “सुशांत सिंह राजपूत एक प्रेरणा “ म अझै पक्का छैन कि सुशांत सिंहले आत्महत्या गरेको छ । मलाई थाहा छ  उनी एक धेरै सकारात्मक व्यक्ति थिए । उनी यति मात्र होइन एक कुशल अभिनेता र दयालु स्वभावका भएकाले आफ्नो ठाउँ आफै बनाएका अभिनेताका रुपमा लिन्छु ।

कुमार सानूले भनेका छन्, सुशांत सिंहको मृत्युबाट नेपोटिज्मको विरुद्धमा क्रान्ति देखिन्छ । बलिउडमा फिल्म कसले बनाउने ?  उद्योगबाट कसलाई हटाउनेछ ? परम्परा छ । जसको शिकार सुशान्त हुन पुगे ।