सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक : मृत्युको कारण फासीँ लाग्नु
भारतीय अभिनेता सुशान्त सिंह राजपुत जुन १४मा मृत फेला परेका थिए । अब उनको अन्तिम पोष्टमार्टम रिपोर्ट समेत सार्वजनिक भएको छ । रिपोर्ट अनुसार उनको मृत्यु आत्महत्या नै रहेको पुस्टी भएको छ । ५डाक्टरको समुहले तयार पारेको रिपोर्टमा सुशान्तको मृत्यु फासी लगाए पछि सास रोकिएर भएको उल्लेख गरिएको छ ।
रिपोर्ट प्रहरीले भने प्राप्त गरेको छैन । परिवार र निकट व्यक्तिको संका हत्या भएको तर्फ थियो । अन्तत त्यो शंका निराधार पुस्टी भएको छ । परिवारले सिबिआइ जाचको समेत माग राखेका थिए ।
सुशान्तको मृत्युको विषयमा परिवार, साथी, निकट व्यक्ति लगायत गरी प्रहरीले २३जना व्यक्तिको बयान लिएको छ । यसराज फिल्म्स समेत यस केसमा तानिएको छ । अझै पनि सुशान्तको डाक्टरको बयान भने लिन बाकी रहेको छ । सुशान्तको मृत्युको विषयमा दावीका ससाथ बोल्ने संचार माध्यमको समेत जाच गरिने प्रहरीले बताएको छ ।
प्रतिक्रिया