मास्कको ट्रान्सलेसन : अमिताभ बच्चन

भारतीय अभिनेता अमिताभ बच्चन सामाजिक संजालमा सक्रिय रहन्छन् । उनी सामाजिक संजाल मार्फत मोटिभेसनल र रमाइला विषय सेयर गर्ने गर्छन् । पछिल्लो समय भने उनी मास्कको हिन्दी भाषामा ट्रान्स्लेट गर्ने प्रयास गर्दैछन् । उनले मास्क लगाएको एक तस्विर सार्वजनिक गर्दै उक्त पोष्ट लेखेका छन् ।

उनले लगाएको मास्क उनी अभिनित फिल्म ‘गुलाबो सिताबो’ को पोस्टरमा प्रयोग भएको छ । उनले लेखेका छन्,’ मिल गया ! मिल गया ! मिल गया ! बहुत परिश्रम के बाद , MASK का अनुवाद मिल गया !*”नासिकामुखसंरक्षक कीटाणुरोधक वायुछानक वस्त्रडोरीयुक्तपट्टिका !’

दर्शकले उनको यो ट्रान्सलेसन मन पराएका छन् ।