अहिले हल्ला गर्नेहरू आफ्नो सन्तानलाई फिल्म खेल्न दिँदैनौं ? : आलियाकी आमा

भारतीय अभिनेता सुशान्त राजपुतको निधन भए पश्चात बलिउडमा नेपोटिजम र ग्रुपिजम माथि आवाज उठ्न थालेको छ । यहिमाझ स्टार किडको खुलेर आलोचना भएको देख्न सकिन्छ । लगातार भएको सामाजिक संजाल र संचारमाध्यमको आक्रमण पश्चात आलिया भट्टकी आमा सोनी राजदानले आफ्नो विचार राखेकी छन् ।

अलिगढ र सिटीलाइट निर्देशन गरेका हंशल मेहेताले ट्विट गर्दै आफ्नो विचार सार्वजनिक गरेका थिए । ‘मेरो कारण मेरो सन्तानले फिल्म जगतमा कदम राख्न पाउँछ भने यसमा गलत छैन । उसलाई मैले संस्कार सहितको क्षमता दिएको छु भने उसले यही क्षेत्रमा काम गर्नु गलत होइन । तर काममा दक्खल हुन र अनुशासन कायम राख्दै अगाडि बढ्न जरूरी छ । कसैको छोरा भतिजा हुनु र नहुनुले फरक पर्दैन । मैले निर्माण नगरे पनि उसले फिल्म बनाउने क्षमता राख्छ । म उसको मेरुदण्डको साथ साथ सबै भन्दा ठुलो समस्या पनि हो ।‘  उनी थप्छन्’ फिल्म बनाउने क्षमता हुन पर्यो जसको सन्तान भए पनि बनाउँन सक्छ ।‘

हंसल मेहेताको लगातार यस विषयको ट्विटलाई मध्यनजर गर्दै राज्दानले यसको जवाफ दिएकी छन् । उनले जवाफमा लेखेकी छन्, ’तपाइँ कसको छोरा या छोरी हो त्यसलाई हेरेर दर्शकको अपेक्षा बढ्ने या घट्ने गर्छ । अहिले जो नातावादको विरोधमा हल्ला गर्दै छन्, उनीहरू जब बाबुआमा बन्छन् उनीहरूले सन्तानलाई यस क्षेत्रमा आउन दिने कि नदिने ? के उनीहरू सन्तानको रहर रोक्न सक्छन् ?’