आफ्नै कथामा फिल्म बनाउँदै निर्देशक श्रीराम महत

निर्देशक श्रीराम महतले नयाँ फिल्म बनाउने तयारी थालेका छन् । आफ्नै कथा रहने महतको फिल्म प्रेम कथामा बन्ने छ । लकडाउनको सहज वातावरण छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने उनको तयारी छ । फिल्ममा दुई अभिनेत्री र एक अभिनेता हुनेछन् ।

फिल्मको एक आइटम गीत पनि रेकर्ड गरि सकिएको छ । नाम फाइनल नभएको उक्त फिल्मको गीतमा गायिका टिका प्रसाईंले स्वर दिएकी छन् । गीतकार हिराकाजी थापाले लेखेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । निर्देशक महतले फिल्ममा चार गीत समावेश गरिने बताए ।

 

श्रीरामले आफ्नो पहिलो फिल्म ‘म त तिम्रै हुँ’मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री ज्योत्सना योगीलाई ब्रेक दिएका थिए ।