अभिषेक बच्चनको डिजिटल डेब्यु : टिजर रिलिज

अभिषेक बच्चन चाँडै नै क्राइम थ्रिलर फिल्म ‘ब्रीद : इन्टु द स्याडोज’ सिरिज मार्फत आफ्नो डिजिटल डेब्यु गर्न गइरहेका छन् । मेमा फस्ट लुक सार्वजनिक भए पश्चात अब भने सिरिजको टिजर सार्वजनिक गरिएको छ । सिरिज अमेजन प्राइममा रिलिज तयारीमा रहेको छ । टिजर हेरेर हराएकी छोरीको खोजि तर्फ सिरिज केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।

टिजर अमेजनको अफिसियल इन्स्टाग्राम पेज मार्फत सार्वजनिक गरिएको छ । बाबु छोरीको कथा सिरिजमा देखाइने छ । छोरी फर्काउने बाबुको विश्वास टिजरमा देखिन्छ । सिरिजको ट्रेलर जुलाई १ तारिक सार्वजनिक हुनेछ । १० जुलाईबाट विश्वका २०० देशमा सिरिज प्रसारण हुनेछ ।

 

View this post on Instagram

 

through the light or the shadows, we will make sure you come back siya #BreatheIntoTheShadows trailer out, 1st july

A post shared by amazon prime video IN (@primevideoin) on