४ कलाकारले छोडेको करणको फिल्म सलमानले गरेका थिए

सन् १९९८ मा रिलिज भएको फिल्म ‘कुछ कुछ होता हे’ एक ब्लाकबस्टर फिल्म साबित भएको थियो । करण जौहरको निर्देशन रहेको पहिलो फिल्म बक्स अफिसमा उक्त समय सबै भन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको थियो ।

फिल्ममा शाहरुख खान, काजोल, रानी मुखर्जीको साथमा सलमानले केमियो रोल गरेका थिए । सानो भूमिका भए पनि सलमानको याद रहने किसिमको रोल छ फिल्ममा । तर उक्त रोलको लागि पहिले चन्द्चुर सिंहलाई अफर गरिएको थियो जसलाई उनले नकारेका थिए । एक अन्तर्वार्तामा सिंहले उक्त रोल छोडेर गलत गरेको बताएका छन् । सिंहको साथ साथै अन्य ३ कलाकारले समेत उक्त रोल गर्न इन्कार गरेका थिए ।

फिल्म दिलवाले दुल्हनिया लेजाएँगेमा असिस्टेन्ट डिरेक्टरको काम गरे पश्चात करणले १९९८ मा उक्त फिल्म निर्देशन गरेका थिए ।