फिल्म प्रदर्शनका लागि ‘हल’ को विकल्प छैन : हल संचालक निकेश द्वा
कोरोना भाइरसको प्रभाव बढेसँगै सरकारले चैत ११ गतेबाट फिल्म हल बन्द गरेको छ । यसको सिधा असर पोखरामा रहेर फिल्म हल संचालन गरिरहेका निकेश द्वा लगायत धेरैलाई असर परेको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा शनिबार ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौती, यथार्थ र सम्भावना’ विषयक कार्यक्रममा उनले फिल्म हल नखुल्दाको पिडालाई ब्यक्त गरेका छन् । प्रदर्शन मितितय भएका फिल्म समेत चल्न सकेका छैनन् । करिव ३ महिना फिल्महल बन्द हुदा हल संचालकको साथ साथै कर्मचारीमा समेत प्रत्यक्ष परोक्ष असर परेको छ । निर्मातालाई परेको असर सिधा देखिए पनि यसको असर करिव ३५००० फिल्ममा आश्रित व्यक्तिहरूमा परेको छ ।
यसको लागि विभिन्न संघहरूले ऐक्यबद्ध भएर सरकारसँग कर छुटको विषयमा गरेको मागप्रति उनको समर्थन रहेको छ । २५ प्रतिशत कर जसरी पनि तिर्ने बताउँदै उनले अन्य विभिन्न बहानामा हलवालालाई लगाइएको कर विषम परिस्थितिमा घटाउनु पर्ने माग राखेका छन् ।
विश्व परिवेश पहिल्याउँदै उनले सुरक्षाको उपाय अपनाएर हल संचालन गर्नु पर्ने तर्फ जोड दिएका छन् । जसको लागि सुरक्षाको उपाय अपनाउँदै क्षमता कम गरेर भए पनि अब बन्द नै गरेर बस्न नसकिने बताएका छन् ।
डिजिटल प्ल्याटफर्मको विषयमा बोल्दै उनले पहिला पनि पटक पटक यस प्रकारको प्रयास भएर पनि विफल भएको बताउँदै फिल्मका लागि ‘हल’ नै मुख्य माध्यम रहने बताएका छन् । टेलिभिजनले फिल्महल विस्थापन गर्ने चर्चा अन्तत गलत भएको तर्फ इंगित गर्दै डिजिटल प्ल्याटफर्म र हलवाला दुश्मन नरहेको र मिलेर जान सकिने उल्लेख गरेका छन् । विश्वमा नै एक अर्कालाई शत्रु जस्तो व्यवहार गरेको तर्फ औल्याउँदै उनले मिलिजाने विकल्प पनि रहेको बताएका छन् । डिजिटल प्रदर्शन बिधि पक्कै पनि हलसंचालकको लागि बाधक नै हो भन्दै तर पनि विषम परिस्थितमा मिलेर अगाडि बढ्नुपर्ने उनको सोच छ ।
प्रतिक्रिया