फिल्म ‘फुर्के’ टिमको अस्पताल परिसरमा वृक्षारोपण

कोरोना नियन्त्रणको कामना गर्दै फिल्म ‘फुर्के’ टिमले वृक्षारोपण कार्यक्रम गरेको छ । नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल परिसरमा अगरवूड जातको बिरुवा रोपिएको हो । निर्माता खड्काले वृक्षरोपण छोरी प्रान्सुको जन्मदिनको अवसर पारेर आयोजना गरेका थिए ।

बहुमुल्य वनस्पति भएको कारण उक्त जातको रुख रोपिएको निर्माता देवेन्द्र खड्काले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा निर्माता देवेन्द्र, एम बि राउत, गायक मुकेश रसाईली, कावासोती नगरपालिकाको उपप्रमुख प्रेम शंकर मर्दनिया लगायतको सहभागिता रहेको थियो ।

‘फुर्के’ छुवाछुतको बिषयमा बनेको फिल्म हो । फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उत्तम केसी, सिदान्त लगायतको अभिनय रहेको थियो । देबेन्द्र खड्काले फिल्म मानबहादुर राउतसँग मिलेर बनाएका हुन् । कल्पना मरहठ्ठा शाही सह निर्माता रहेको फिल्मको कार्यकारी निर्माता बखत बिष्ट हुन् । फिल्ममा नबिन पन्तको लेखन, बासु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको छ ।