यस वर्ष बोर्डको वार्षिक उत्सव औपचारिकतामा सिमित रहने

चलचित्र विकास बोर्डले हरेक बर्ष असार १६ गतेलाई आफ्नो बार्षिक उत्सबको रुपमा मनाउँदै आईरहेकोमा यसवर्ष कार्यक्रमलाई अनौपचारिकतामा सिमित गरिने भएको छ ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई स्थगीत गर्दै सामान्य तरिकाले बोर्डले बार्षिक उत्सब मनाउने जानकारी अध्यक्ष दयाराम दाहाले दिए । उनले अहिलेको समयमा लकडाउनपछि फिल्म क्षेत्रलाई चलायमान कसरी बनाउने भन्ने विषयमा बोर्ड केन्द्रित रहेको पनि बताएका छन् ।