सम्बेदनाहिन नबन्न कृतिको मिडियाकर्मीलाई आग्रह

सुशान्त सिंहको निधन पश्चात सामाजिक संजालमा भएको ट्रोलका विषयमा कृति सेननले जवाफ दिएकी छन् । लामो पोष्ट सार्वजनिक गरेर उनले भाडास पोखेकी हुन् । सुशान्तको मृत्यु लगत्तै सामाजिक संजालमा प्रतिक्रिया नदिएको भन्दै उनको आलोचना भएको थियो । यस विषयमा उनले प्रतिक्रिया दिएकी हुन् ।

उनी लेख्छिन्, ‘यो अचम्मको विषय होइन ? जब ट्रोल र गसिप गर्ने व्यक्ति नै अचानक तपाइको प्रसंसा गर्न थाल्छन् जब तपाईंको मृत्यु हुन्छ । सामाजिक संजाल देखावटी र विषालु स्थान बन्दै गएको छ । यदि तपाइले सामाजिक संजालमा पोष्ट गर्नु भएन या ‘आरआइपी’ लेख्नु भएन भने दुख नै नभएको भनेर जज गरिन्छ । जबकी वास्तविक जीवनमा धेरै दुख लागेको हुन्छ । यस्तो लाग्छ सामाजिक संजालले वास्तविक जीवनलाई नै अवास्तविक बनाउँदै लगेको छ ।’

उनले आफ्नो पोष्टमा मिडियामाथि समेत प्रश्न उठाएकी छन् । उनी लेख्छिन्, ‘कतिपय मिडियाकर्मीको समवेदना समेत पूर्ण रुपमा हराएको छ । यस्तो स्थितिमा समेत उनीहरू प्रतिक्रिया अपेक्षा राख्दै लाइभ आउन आग्रह गर्छन् । कसरी अन्तिम संस्कारको समेत तस्विरका लागि समेत आतुर छन् यी सब ? मेरो सबैमा आग्रह छ, अन्तिम संस्कार नितान्त व्यक्तिगत विषय हो । यस्तो समयमा नआउनुस या त थोरै भए पनि मानवता बाँकी राखेर आउनुस् । लाइमलाइटमा चम्किए पनि हामी एक साधारण मान्छे हौँ । हामी भित्र पनि भावना छ । यो नबिर्सिनुस ।’

 

View this post on Instagram

 

There are a lot of thoughts crossing my mind.. A LOT! But for now this is all i wanna say!??

A post shared by Kriti (@kritisanon) on