सुशान्तको दिशासँग कामको कुरा : एक हप्ता भित्र दुवैको निधन
केही दिन यता भारतीय कलाकार सुशान्त सिंहको मृत्युको खबर चर्चा मा छ । उनकी पूर्व म्यानेजर दिशा सलियनको समेत केही दिन यता मात्रै निधन भएको थियो । यहि बिच भारतीय संचारमाध्यमले एक फरक खबर सार्वजनिक गरेका छन् । उनी दिशाको सहयोगमा १४ करोडको एक वेब सिरिजका लागि तयारी गरिरहेका थिए । यी दुईको मार्चमा यस विषयमा २ पटक कुराकानी भएको थियो । यहि बिच दिशाको ८ जुन र सुशान्तको १४ जुनमा निधन भएको छ । दिशाको निधनले उनलाई अझ बढी चिन्ता भएको थियो ।
यस विषयमा सुशान्तका म्यानेजरले समेत यस विषयमा कुरा भएको प्रहरी समक्ष बताएका छन् । दुखी बनेका सुशान्तलाई उनले सम्झाउने प्रयास समेत गरेका थिए । उनले मृत्युको ३ दिन पहिला आफ्नो तिर्नु पर्ने रकम समेत तिरेका थिए । आएका प्रोजेक्ट एक पछि अर्को गर्दै हातबाट चिप्लिनु र कुनै काम नरहनुले उनलाई आर्थिक समस्या समेत सिर्जना भएको थियो ।
प्रतिक्रिया