अभिनय छोडेर खेतिगर्न चाहन्थे सुशान्त : निर्देशक रुमी

लकडाउन पश्चात सुशान्त सिंह राजपूत आफ्नी प्रेमिका रिया चक्रवर्ती संग फिल्ममा एकसाथ काम गर्ने योजनामा थिए । रुमी जफारीले फिल्म निर्देशन गर्ने तयारी थियो । फिल्मको स्क्रिप्ट फाइनल भैसकेको थियो । फिल्मको छायांकन मेमा सुरु गरेर नोभेम्बरमा सक्ने योजना रहेको थियो । तर लकडाउनका कारण सम्भव भएको थिएन । यहि बीच सुशान्तको मृत्यु भएको छ । सुशान्तको विषयमा निर्देशक जफारीले केहि बताएका छन् ।

उनले एक अन्तर्वार्तामा बताएका छन्,’लकडाउन सकिना साथ सुशान्तले मलाइ एक अर्को सानो बजेटको फिल्ममा काम गर्न भनेका थिए । उनले लकडाउनको नियम पालना गर्दै २०-२५ जनाको क्रुमा फिल्म बनाउनु पर्छ भनेका थिए । म सुशान्तकै अनुरुप एक स्क्रिप्टमा काम गरिरहेक थिए ।‘

रुमीका अनुसार, सुशान्त पछिल्लो छ महिना यता डिप्रेसन संग जुधिरहेका थिए । उनले फिल्ममा काम गर्न नचाहेको कुरा समेत एक पटक उल्लेख गरेका थिए । उनी अभिनय छोड्न चाहन्थे । उनको यो कुराको जवाफ मैले धेरै खोज्ने प्रयास गरें । उनलाई पटक पट सोधें । तर उनले बताएनन् । उनी बारबार खेति गर्ने इच्छा भएको बताउथे । उनी पुरै देशमा एक लाख बिरुवा लगाउन चाहन्थे । हमेसा बैज्ञानिक झैँ नयाँ नयाँ आविष्कारमा उनको रुची थियो ।

रुमीले ८जुनमा भएको मेनेजर दिशाको आत्महत्याको खबर सुनाउन सुशान्तलाई फोन गरेका थिए । उनले फोन गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका थिए । उनले एक भ्वाईस म्यासेज गर्दै आफ्नो ख्याल राखिरहेको बताएका थिए । रुमीले सुशान्तले यस प्रकारको एक्सन लिन्छन् भन्ने अनुमान सम्म आफुले नगरेको बताएका छन् ।

सुशान्त १४जुनमा आफ्नै मुम्बई स्थित फ्ल्याटमा मृत फेला परेका थिए ।