सरकारलाई चलचित्र संघको अल्टिमेटम

चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको छ । सरकार समक्ष संघको बैठकले मंगलबार दोश्रो पटक लिखित माग प्रस्तुत गरेको छ । 
माग पुरा नभए असार ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्रम घोषणा गर्ने संघले जानकारी दिएको छ ।

कोरोना भाइरस द्वारा सिर्जित लकडाउनले फिल्म हल बन्द छन् । यस वर्षक वजेटमा हलवालालाई नसमेटेको संघको आरोप छ ।
P-release