अब त अत्ति भो र ‘इनफ इज इनफ’ फरक अभियान : नायिका पन्त
नायिका सुरक्षा पन्तले सडक आन्दोलन र अनलाइनबाट गरेको खबर्दारीलाई प्रस्ट्याएकी छन् । पछिल्लो समय कलाकारले नै नेतृत्व गरेको ‘इनफ इज इनफ’ नामक आन्दोलन विवादमा आएको थियो । उनले ‘अब त अत्ति भो’ र ‘इनफ इज इनफ’ फरक भएको बताउदै अफिसियल बिज्ञप्ति समेत सेयर गरेकी छन् । उनले सरकारको बिरोध भन्दा पनि सरकारलाई सजग बनाउने प्रयासको लागि अनलाइन आन्दोलन सुरु गरेको बताउदै उस्तै उस्तै नाम भएको कारण अरुसंग नझुकिन र सडकमा नजान आग्रह गरेकी छन् ।
कुनै राजनैतिक पार्टीको सहभागिता नरहेको आफ्नो अभियान विशुद्ध नेपाली युवाको रहेको बताउदै कसैले सडकमा उत्रेर आन्दोलन गर्न आग्रह गरेमा ‘तपाइँ कुन पाटीको हो ?’ भनेर प्रश्न गर्न आग्रह गरेकी छन् । उनले चेतवानीको शैलीमा कलाकार र स्वतन्त्र युवालाई आफ्नो मोहरा नबनाउन भनेकी छन् । लामो समय यता काम गर्दै आएको संस्था ‘कमन युथ स्ट्याण्ड अप’ अन्तर्गतको यो खबरदारी कार्यक्रममा कुनै पार्टीको संलग्नता नरहेको र आफ्नो आफ्नो स्थानमा रहेर आन्दोलन जारी रहने उनले बताएकी छन् ।
URGENT NOTICE!“Covid:19 Enough is enough” र “अति भयो” नितान्त फरक हो भन्ने जानकारी ।सडकमा अहिले जानु जरुरी छैन,…
Gepostet von Surakshya Panta am Dienstag, 16. Juni 2020
प्रतिक्रिया