नातावाद बहसमा नाजिर : यहाँ ‘ग्रुपिजम’ धेरै छ
हालसालै भएको बलिउड कलाकर सुशान्त सिंह राजपुतको दुखद निधनले नेपोटिजम बारे बलियो बहस चलिरहदा नेपाली फिल्म जगतमा पनि सो बहसको उठान हुन थालेको छ।
हुन त बलिवुड फिल्म उद्योगमा जत्तिको “हार्डकोर नेपोटिजम” नेपाली फिल्म जगतमा नहोला, तर पनि यस बिषयमा बहस हुन जरुरी छ।
नेपाली चलचित्र जगतमा अहिले भइरहेको “ग्रुपिजम” हामी सबै स्विकार्छौ, र “ग्रुपिजम” पनि “नेपोटिजम” कै उपज हो भन्दा फरक नपर्ला।
नेपाली चलचित्र उद्योगको कुरा गर्ने हो भने केही यस्ता चलचित्रकर्मी र चलचित्र ब्यानरहरु छन, जसको चलचित्र उद्घोष भइरहदा कलाकारहरु को को हुनुहुन्छ हामी सहजै अनुमान लगाउन सक्छौ। यहि कारणले पनि नेपाली चलचित्र जगतबाट थुप्रै होनहार कलाकारहरु पलायन हुनुभएकाे इतिहास छर्लङ्ग छ। अनि उहाँहरु किन पलायन हुनुभयो? कसैले पनि उहाँहरुसङ्ग नसोधी शुरु हुन्छ समाचारको हेडलाइन – “फिल्म करियर नफापेपछी बिदेश भासिए कलाकार” । साथै उहाँहरुलाइ लगाईन्छ असफल कलाकारको ट्याग। यतिमात्र हैन, हाम्रै वरिपरि केही यस्ता चलचित्र सम्बन्धि समाचार बनाउने न्युज च्यानल र युटुब हरु हुनुहुन्छ, जसका लागि केही सिमित कलाकारमात्र कलाकार हुन। उहाँहरुलाइ मनपर्ने र आफू नजिक भएका कलाकारहरुको सानो भन्दा सानो न्युजपनि प्रसारण गरिरहेकाे पाईन्छ, तर कुनै “ग्रुप” मा नपर्ने कलाकारलाई भने महत्त्व दिइएको पाइदैन।
के यो पक्षपात हैन र?
नया मेकर वा सामन्य मानिने ब्यानरमा बनिने चलचित्रको बारेमा राम्रो भन्दा नराम्रो विश्लेषण जति हुन्छ, के त्यतिकै नराम्रो विश्लेषण हामीले “सुपरहिट” मान्ने ब्यानर, मेकर र कलाकारहरुको भइरहेको छ त?
हामीले एउटा निश्चित “ग्रुप” बाहेकका अरु संघर्षशिल कलाकारहरुको कामको सम्मान गर्न किन पछाडि सरिरहेका छौ?
सोच्ने बेला आएको छ।
हेरौ उनको पोष्ट :
प्रतिक्रिया