अस्ट्रेलियन फिल्म मेकर कालानी जेल मुक्त
फिल्ममेकर अष्ट्रेलियन नागरिक कालानी गाकोन गत हप्ता पक्राउ परे । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा बस्ने उनी पक्राउ पर्नुको कारण थियो, नेपालको आन्तरिक मामिलाको भिडियो दृष्य आफ्नो क्यामेरामा कैद गर्नु ।
काठमाडौंको माइतीघरमा भएको जुलुसको भिडियो अनुमतिबिना खिचेको कारण उनी पक्राउ परेका थिए । शनिबार पक्राउ परेका उनी सोमबार रिहा भएका छन् । युवाहरुले सरकार विरुद्ध गरेको प्रदर्शनको भिडियो खिचेको कारण उनी पक्राउ परेका थिए । उनले यस्तो समास्या यात्राको क्रममा सामान्य भएको भन्दै साथ र समर्थनको लागि सबैलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया