फिल्म क्षेत्रमा विभेद छ – नायिका बर्षा सिवाकोटी

नायिका बर्षा सिवाकोटीलाई नातावादको विषयमा आवाज उठाउने पहिलो नेपाली कलाकार कै रुपमा स्वीकार गर्दा पनि खासै गलत नहोला । उनले एक बर्ष अगाडीनै यस विषयमा बोलेकी थिइन् । उनको उक्त पोष्टले फिल्म जगतमा काम बिहिन हुनु पर्चनेर्चा समेत चलेको थियो । हालसालै बलिउडमा भएको सुशान्त सिंहको आत्महत्या प्रकरण पश्चात यो विषयले पुन प्रसय पाएको छ । यस विषयमा पुन लामो पोष्ट सार्वजनिक गर्दै उनले उक्त विषयमा आफ्नो विचार ब्यक्त गरेकी छन् । प्रेम सम्बन्ध, युट्युवको भ्युज र इन्स्टाका फलोअर्सको अधारमा समेत काम पाउने नपाउने भनेर बर्गिकरण गरिएको उनी बताउछिन् । अभिनय राम्रो भएको खण्डमा जसरी पनि सफलता पाउनेमा अझै पनि उनी विश्वस्थ छिन् । उनले आफु डिप्रेसनको शिकार भएको र यसको पछाडी यहि ग्रुपिजम कारण भएको समेत उनले उल्लेख गरेकी छन् । सानो फिल्म क्षेत्र भए पनि काम पाउन धेरै मापदण्ड पार गर्नु पर्ने र निर्माता, निर्देशक, पत्रकार लगायतको नजिक हुनु पर्ने उनको गुनासो छ।हेरौ उनको पोष्ट :