पुनः बन्द हुदै बेइजिङका फिल्महल

चीनमा कोरोना भाइरस संक्रमण पुनः फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा कडा पावन्दी लगाइएको छ । मार्चको अन्तिम साताबाट संचालनमा आएका बेइजिङका धेरैजसो फिल्महल बन्द गरिएको छ । कोरोना पुन देखिए संगै अब फिल्महल ठप्प हुने सम्भावन बढेको छ ।


एजेन्सीका अनुसार राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । किनभने धेरै क्षेत्रहरुले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।