कति विघ्न कामुकता : फिल्मकर्मी नवल नेपाल
क्वारेन्टाइनमा रहेकी एक ३१ बर्षिया महिला बलात्कृत भएकी छन् । स्वयंसेवक र स्वास्थ्यकर्मीले नै उनलाई बलात्कार गरेका थिए । ३ जनालाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान समेत थालिएको छ । एक जनाले भने भिडियो समेत खिचेको र केही बोलेमा बेइजत गरिदिने धम्की दिएको पिडित महिलाले बताएकी छन् ।
यसै विषयमा फिल्मकर्मी नवल नेपालले आक्रोस ब्यक्त गर्दै एक पोष्ट सार्वजनिक गरेका छन् । उनले आफ्ना घरका आमा दिदी बहिनिको अनुहार समेत याद आएन भन्दै लेखेका छन्, ‘कुन हद सम्मको कामुकतामा बाचेका छौ ?’ उनले पीडकलाई जन्मकैदको माग राख्दै पिडितको स्वास्थ्यलाभको कामना गरेका छन् ।
ए अपराधी हो कति बिघ्न कामुक्तामा बाचेका हौ तिमिहरु ? आफ्नी आमा,दिदि, बहिनी, सासू, ससुरा उसबेला आखामा आएनन? (कैलाली घटना)………सर्बस्व सहित जन्म कैद होस पिडित को स्वास्थ्यलाभको कामना!
Gepostet von Nawal Nepal am Sonntag, 14. Juni 2020
निदेशक नेपाल महिलाकेन्द्रित फिल्ममा विशेष रुची राख्ने गर्छन् ।
प्रतिक्रिया