सुशान्तको अन्तिम पोष्ट ‘जीवन क्षणभंगुर’

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार झुण्डिएर आत्महत्या गरेका छन् । उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनकै कामदारले फेला पारेका थिए ।

सुशान्तले आफ्नो सामाजिक संजालको अन्तिम पोष्टमा आफ्नी आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ । उनले आफ्नी दिवंगत आमाको तस्विर सार्वजनिक गर्दै उक्त पोष्ट लेखेका थिए ।

उनकी आमाको मृत्यु सन् २००२ मा भएको थियो र एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए ।