आन्दोलन गर्ने चलचित्र संघको चेतावनी
चलचित्र संघले सरकारले मागको सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएको छ । फिल्म हलको साझा संगठनका पदाधिकारीहरुको जुम बैठकपछि चलचित्र विकास बोर्डलाई माग पत्र वुझाइएको हो ।
पत्रमा हलहरुलाई कर छुटदेखि सिंगो फिल्म क्षेत्रको समस्याको बारेमा अवगत गराइएको छ । बोर्ड मार्फत संघले सरकारलाई वुझाएको मागको सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी पनि संघले दिएको छ । हलहरुको अवस्था दयनिय बन्दा समेत सरकारले आर्थिक बर्षको बजेटमा कुनै सम्बोधन नगरेको भन्दै हलवाला आक्रोशित भएका हुन् ।
प्रतिक्रिया