नायिका सुरक्षा पन्त नयाँ नक्सा लिएर ‘गाम्चा’मा
सोसल मिडियामा ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ को नेतृत्वमा गरिएको आन्दोलन सेलिबेट्रीहरुले आज ३१ गते सनिबार संसदबाट नक्सापारित गर्ने दिन भएकाले आजकै दिन आन्दोलन गर्दा अन्तराष्ट्रिय मिडियामा नकरात्मक सन्देस जाने भन्दै सार्वजनिक अपिल गरेर आन्दोलन नगर्न आग्रगरेकी नायिका सुरक्षा पन्त नेपालले पारित गरेको नयाँ नक्सा लिपुलेक, लिम्पुयाधुरा र कालापानिको बारेमा जानकारी र बुझाउदै हिडेकी छन् ।
उनले भक्त्तपुरको गाम्चामा पुगेर १० ओटा नयाँ नक्सा लिएर त्याहाँ पुगेकी थिइन् त्यसै सन्धर्बमा पन्तले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेर लेखेकिछन् एउटा कोशिस गर्ने हो युवाले देशको निम्ति । जहाँबाट सकिन्छ त्यहीबाट । यि आमा बुवालाई एउटा नयां नक्सा उपहार दिए आज । आनन्द आयो । घरको भित्तामा टास्छु भन्नुभाको छ । सबै खुशी छन है ।
एउटा कोशिस गर्ने हो युवाले देशको निम्ति । जहाँबाट सकिन्छ त्यहीबाट । यि आमा बुवालाई एउटा नयां नक्सा उपहार दिए आज । आनन्द…
Gepostet von Surakshya Panta am Samstag, 13. Juni 2020
उनले थपिन हाम्रो आन्दोलन जारी रहेपनि यसबेला सिगो देश एक भएर लागी पनुपर्ने र हामी कलाकारले पनि सरकारले गरेका राम्रा कार्यलाई साथ र समर्थन गर्नु पर्ने कर्तव्य रहेको बताईन ।
उक्त कदमलाई लामो समयदेखि हुन नसकेको एउटा सार्थक कदमको शुरुआतका रुपमा आम समुदायले लिएका छन् ।
नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ ।
आज प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई एक मतले पारित भएपछि सूचीकृतको बलियो आधार खडा भएको हो । अब राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित भएपछि आधिकारिकरुपमै मिचिएको भूभाग नेपालको हो भनेर कानूनले प्रमाणित गर्नेछ ।
प्रतिक्रिया