राहत लिन आउनेका कारण दिक्क करिश्मा !
नायिका करिश्मा मानन्धर आफ्नै बोलीका कारण पटक पटक विवादमा आउने गर्छिन् । उनी कैले के बोलेर त कहिले के बोलेर सामाजीक संजालमा छाउने प्रयास त गर्छिन् । तर के मिल्दैन के , सामाजिक संजाल प्रय्ककर्ता उनको मजाक बनाउन थालिहाल्छन् ।
लकडाउनको सुरुवाती दिनमा उनले राहत वितरण गरिन् । सामाजिक संजालमा पोष्ट गर्दै राहत लिन आउन विज्ञापन नै गरिन् ।
धेरै समस्यामा परेका व्यक्तिहरुको उद्धार समेत भयो । तर लकडाउनको समय लम्बिदै गएको छ ।
अझै सम्म पनि राहत माग्दै ढोकामा मानिसहरु आउछन भन्दै उनले एक पोष्ट सार्वजनिक गरिन् ।उनलाई अब भने दिक्दार लागेको देख्न सकिन्छ ।
सुरुवाती दिनमा त जसो तसो सबैको घरमा व्यवस्थापन हुदै थियो । चर्चाको भोकले धेरैले सुरुमा नै राहत वितरण गरे । तर जब खास आवस्यकता सिर्जना भयो उनीहरू मुख बटार्न थालेका छन् । करिश्मले समेत त्यहि गरिन् ।
सुरुमा आफैँले लिन आउ आउ भनेर बोलाउने अहिले फेरी किन आए झैँ गर्ने ? अलिक पाच्य भएन कि ?
(उनले उक्त पोष्ट अहिले भने हटाइसकेकी छन्)
प्रतिक्रिया