विरोधको विकल्प ‘गुगल’ गर : निर्देशक दिपेन्द्र लामा
फिल्म समिक्षक तथा निर्देशक दिपेन्द्र लामा देशभर भैरहेको विरोध प्रदर्शनको समर्थन गर्न नसकेको बताइरहेका छन् । उनले युवा शक्तिलाई गलत प्रयोग गर्दै कसैले भित्र भित्रै मिसन संचालन गरिरहेको आरोप लगाएका छन् । उनको सामाजिक संजाललाई पछ्याउदै गर्दा असन्तुस्टी स्पस्ट रुपमा देख्न सकिन्छ । गोप्य रुपमा गोप्य योजना मार्फत गरिएको कार्यक्रममा कसरि समर्थन गर्ने भन्ने उनको जिज्ञासा छ । यति मात्रै नभएर उनले सरकारले वार्तामा बोलाएको खण्डमाको जाने ? भन्ने प्रश्न समेत गरेका छन् ।परिचय लुकाएर गरिएको बिरोध के का लागि भन्ने उनको जिज्ञासा छ ।
'छिटो कोरोना जाँच्' भनेर माग राख्ने, अनि सयौंको भीडमा कोरोना संक्रमण फैलिनसक्ने गरी जुलुस निकाल्ने ? कस्तो काइदा हो यो ?…
Gepostet von Dipendra Lama am Freitag, 12. Juni 2020
कोरोनाको प्रकोप चलिरहेको बेला गरिएको यो विरोधप्रदर्शनको विकल्प जति पनि हुन सक्ने भन्दै उनले ‘गुगल’ गर्न सुझाएका छन् । उनलाई पम्प्लेटमा लेखिएको अशुद्ध नेपाली भाषा प्रति समेत समस्या रहेको देखिन्छ । उनी रुखो शैलीमा लेख्छन्, ‘ ‘रा’ अक्षर नै लेख्न नआउने भन्ने हुन्छ यार ? कुन स्कुलमा पढेको ?’
भाटभटेनीमा जुलुस जान निम्तो पठाउनेहरुलाई मेरो प्रस्ताव: भोलि सरकारले वार्ता गर्न बोलाए भने आन्दोलनकारीका तर्फबाट को-को…
Gepostet von Dipendra Lama am Donnerstag, 11. Juni 2020
प्रतिक्रिया