फिल्म लगायत बौद्धिक सम्पति संरक्षणमा कोमल वलीको आवाज
बौद्धिक सम्पतिको विषयमा कलाकार तथा सांसद कोमल वलीले आवाज उठाएकी छन् । रास्ट्रीय सभा गृहमा उनले यस विषयमा आवाज उठाएकी हुन् । हालको नियम अनुसार सर्जकको निधन भएको ५० बर्ष सम्म व्यक्तिको अधिकार क्षेत्रमा रहने बताइएको छ ।
तर उक्त समय पश्चात कुनै विषय उल्लेख गरिएको छैन । उक्त समयावधी पश्चात कृति सरकारको मातहतमा जाने या कुनै संस्थामा जाने विषयमा स्पस्ट गरिनुपर्ने उनले उल्लेख गरेकी छन् । त्यस्तै प्रतिलिपि अधिकारको विषयमा समेत स्पस्ट नियम बन्नु पर्ने उनी लगायतको माग छ । साथै फिल्मक्षेत्रका सामग्रीको प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा पनि सम्बोधन हुनुपर्ने उनको माग छ ।
प्रतिक्रिया