देव लामालाई सहयोग रकम हस्तान्तरण
पत्रकार, कलाकार तथा निर्माता देब लामालाई चलचित्र चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ । ब्रेन ह्याम्रेज भएको कारण लामो समय यता उपचार गरिरहेका उनलाई बुधबार परिवार मार्फत पञ्चानब्बे हजार रुपैया हस्तान्तरण गरिएको हो ।
लामाको उपचारमा आर्थिक अभाव देखिएपछि वोर्डमा बैठक बसेर चलचित्रकर्मी कल्याणकारी कोषबाट सहयोग गर्ने निर्णय गरिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराएका छन् । अध्यक्ष दयाराम दाहाल, कोष संयोजक बसुन्धरा भुषाल, कालाकार संघको अध्यक्ष रबिन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले रकम हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया