घर मै संक्रमित भेटिदा डराएका थियौं – जान्वी कपुर

केही दिन अगाडी बोनी कपुरको घरमा काम गर्ने ३जना कामदारलाई कोरोना संक्रमण भएको थियो । उक्त समय उनको परिवारका सबै जना होम क्वारेन्टाइनमा बसेका थिए । बोलीकी छोरी तथा नायिका जान्वी कपुरले एक अन्तर्वार्तामा यस विषयमा बोलेकी छन् । उनले घरमा संक्रमित भेटेपछि पुरै परिवार डराएको बताएकी छन् ।

लकडाउनमा रमाइलो गर्दा गर्दै अचानक कोरोना संक्रमण देखिएको थियो । एक अर्कासंग समय बिताउने राम्रो अवसरको रुपमा सदुपयोग गरिरहेका उनीहरुले अचानक यो स्थिति भोग्न परेको थियो । लगभग एक हप्ता सम्म डर डरमा समय बितेको उनले एक अन्तर्वार्तामा बताएकी छन् । अचम्म त तब भएको थियो, जब घरका कोहि पनि घर बाहिर गएका थिएनन् । तर ३ जनामा संक्रमण भेटिएको थियो ।