फेयरनेस क्रिमको विज्ञापन गरेकोमा दिपिकाको पछुतो

अमेरीकामा काला जातीका एक व्यक्तिको मृत्यु पश्चात धेरै भारतीय सेलिब्रेटीले ‘ब्ल्याक लाइफ म्याटर’ को समर्थन गर्दै आएका छन् । यस विषयमा आफु भने फेयार्नेस क्रिमको बिज्ञापनमा काम गर्ने तर यस विषयमा आवाज उठाउने केही सेलिब्रिटीको नाम समेत आएको छ ।

दीपिका पादुकोणले समेत आफ्नो करियरको सुरुवाती दिनमा यस प्रकारको विज्ञापनमा काम गरिसकेकी छन् । तर जव रियलाइज भयो उनले यस प्रकारको काम गर्न छोडिन् । दीपिका विभिन्न देशका ब्राण्डको एम्बासडर रहिसकेकी छन् । तर उनले करियरको सुरुवाती दिनमा ब्राण्ड चुन्ने समय गल्ति गरेको स्वीकारेकी छन् ।

उनले आफुले गलत गरेको स्वीकार्दै आफुले काम गरेको ब्राण्ड मध्ये धेरैलाई सुचीबाट हटाएकी छन् जसमा एक ब्राण्ड फेयरनेस क्रिमको रहेको छ भने अर्को कोला कम्पनिको रहेको छ  । पहिला नायिकाले क्रिमको समर्थन गर्नु सामान्य मानिन्थ्यो । तर केही बर्ष पहिले समाजमा रंगभेदको विरुद्ध आवाज उठ्न थालेपछि परिवर्तन आएको हो ।

दिपिकालाई जब स्वास्थ्यको बारेमा सजगता आयो उनले कोला कम्पनिमा काम छोडिन भने रंग भेदको ज्ञान संगै क्रिमको काम समेत सधैको लागि छोडिन् ।