उपचार खर्च नभएर घर फर्किए कलाकार आशिष

भारतीय टेलिभिजन सिरियल ससुराल सीमरमा काम गरिसकेका कलाकार आशिष राय लामो समयबाट स्वास्थ्य समस्याको कारण जुझिरहेका छन् । शरीरमा पानी जमेको समस्याका कारण केही महिना अघिबाट मुम्बईको कृति केयर अस्पतालमा भर्ना भएका छन् । तर पैसाको समस्याका कारण स्वास्थ्य अवस्था सामान्य नहुदै उनी अस्पतालबाट घर जानु पर्यो ।

भारतिय संचार माध्यमका अनुसार एक स्पोर्ट्स ब्वाईसंग कुरा गर्दै करिव २लाख विल तिरेर अस्पतालबाट घर फर्किए पनि बाकी उपचारका लागि पैसा नभएको बताएका छन् । डायलसिस चलिरहेको छ । हरेक २दिनमा अस्पताल जानु पर्छ । दिनको करिव २हजार खर्च लाग्छ । उनी घरमा नै छन् । घरमा एक कामदारले उनको स्यार गर्दै गरेको उनी बताउछन् ।