बोर्ड अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले सोमवार पदभार ग्रहण गरेका छन् । उनी गत बिहीवार मन्त्री परिषद्को बैठकबाट अध्यक्ष पदमा नियुक्त भएका थिए । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको  निधन भएपछिपद  रिक्त भएको थियो । दाहालले आज सोमवारदेखी बोर्डमा हाजिर गरेका छन् ।
पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष दाहालले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् । सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर आफु केन्द्रित हुने उनले बताए ।
 
बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर फिल्म स्टुडियोको निर्माण, श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने अध्यक्ष दाहालले बताएका छन् । कार्य​भार​ ग्र​ह​ण​ ग​र्दै अध्य​क्ष​ दाहाले बोर्ड​बाट​ स​न्चार​ त​था सुच​ना प्र​बिधि म​न्त्राल​य​मा पेश​ ग​र्न​ लागिएको फिल्म​ नीति त​था कार्य​क्र​म​ मा ह​स्ताक्ष​र​ ग​रेका छ​न् ।
 
उक्त​ कार्य​क्र​म​लाई म​न्त्र​ल​य​मा पेश​ ग​रिनेछ​ । स​द​स्य​ स​चिव​ म​हेन्द्र​ शाखीले दाहाल​लाई बोर्ड​को ब्रिफिङ्ग​ प​त्र​ स​मेत​ पेश​ ग​रिएको छ​ । आफ्नो सामु केही चूनौतीहरु रहेको र सँगसँगै धेरै संभावनाहरु पनि रहेको उनले बताए ।
 
ती संभावनाहरुलाई तय गर्दै फिल्म क्षेत्रकै लागि निरन्तर लागिपर्ने पनि उनले बताएका छन् । नेपाली फिल्मको निर्माण, वितरण र प्रदर्शनलाई समेत सन्लुतनमा राख्न सक्नुपर्ने दायित्व म माथी छ, त्यसैले कोरोना भाइरसले समस्या ग्रस्त भएको फिल्म क्षेत्रलाई क्रियाशिल बनाएपछि अन्य काममा म विस्तारै अघि बढ्नेछु, दाहालले भने ।
 
अध्यक्षको लागि दरखास्त दिदाँ मैले केही कार्य योजनाहरु पेश गरेको छु । त्यो कार्ययोजनालाई म फिल्मसँग आवद्ध संघ संस्थाहरुको सल्लाह सुझाव तथा सहकार्यमा कार्यन्वयन गर्दै जानेछु, दाहालले थपे ।