दिपक क्षेत्री निधनको ६महिना : अर्को जुनी एकसाथ विताउने विपनाको चाह

कलाकार दीपक क्षेत्रीको निधनको छ महिना बितेको छ । उनको २०७६ सालको मङ्सिर २८गते निधन भएको हो । उनको निधनको ६ महिनामा उनकी पत्नी तथा कलाकार विपना बस्नेतले भावुक हुदै उनलाई सम्झिएकी छन् ।

दिपक विपनाका दोश्रो श्रीमान थिए । तर उनीहरुको माया भने पहिलो प्रेम झैँ अटल थियो । विपनाले आफु नभएको बेला छोडेर गएकोमा गुनासो गरेकी छन् । उनले भाबुक हुदै दिपक सधै मनमा रहने उल्लेख गरेकी छन् ।

हेरौ उनको पोष्ट :
आज छ महिना पुगेछ, यति ठूलो चोट छातिमा बोकेर पनि बांची रहेकी छु, बाबा दिपक जहाँ छौ, जुन रुपमा छौ, जस्तो छौ, मैले त सपनामा बाहेक अरु बेलामा देख्न सकिन , तिम्रा लुगा देखि जुत्ता अनि हरेक तिम्रा सामान हरु सुरक्छित साथ राख्दी रहेकी छु, चिन्ता नगर सधै तिम्रो मायां गरि रहने छु ।

बस, मलाई यति मात्र चित्त दुखाई हो कि , म नहुंदा तिमी गयौ, मलाई एक दिन पनि पर्खेनौ ! भगवानले मलाई भेट्न दिएको भए, एक्दिन पर्खाई दिएको भए, के बिग्रन्थ्यो र , मायां गर्थें होला, झगडा गर्थें होला ।
जे होस बाबा अर्को जुनि पाइयो भने , मलाई साथ देउहै ।https://www.facebook.com/bipana.basnet.3/posts/2995418453911352