कोरोनाका कारण निर्माता अनिल सुरीको निधन

बलिउड फिल्म निर्माता अनिल सुरीको मृत्यु भएको छ । ७७ वर्षीया सुरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उनलाई जून २ तारिखबाट ज्वरो आएको र अवस्था बिग्रँदै गएको उनका भाइ प्रोड्युसर राजीव सुरीले बताएका छन् । उनको बिहीबार राती ७ बजे निधन भएको बताइएको छ । ज्वरो आएका उनलाई लीलावती र हिन्दूजा अस्पतालमा लागिएको थियो दुवै अस्पताल ले उनलाई भर्ना लिन मानेका थिएनन् ।

शुक्रवार बिहान ओशिवरा श्मशान घाटमा परिवारका चार सदस्यहरू बीच निजी पर्सनल प्रोटेक्टिभ उपकरण (पीपीई) लगाएर अन्तिम सस्कार गरियो । अनिलका दुई छोरा र श्रीमती छन् । उनले ‘कर्म योगी’, ‘राज तिलक’ जस्ता चलचित्र निर्माण गरेका थिए ।