प्रकाश पुरीको वृतचित्र ‘थमिनी बढेमा’
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘मैले देखेको कथा’ नामक वृत्तचित्र तयार पारेका छन् । उनले खोटाङ जिल्ला, हलेसी तुवाचुङ्ग नगरपालिकाको बिजुलेबाट पुगेर वृत्तचित्र तयार पारेका हुन् । जिन्दगीभरि गरिबीको चपेटामा रहेका र समाजबाट सधैं अवहेलित भएकी ८५ वर्षीया वृद्धा थमिनी बढेमाको कथालाई उनले वृत्तचित्रमा उतारेका हुन् ।
दश सन्तानकी आमा ‘थमिनी बढेमा’ को ८ जना बच्चा मरेर गए, दुई जना बेपत्ता छन् । उनी सरकारले दिने वृद्धभत्ताको आडमा जीवनयापन गरिरहेकी छन् । २० मिनेटको वृत्तचित्र उनले मोबाइलबाट नै खिचेर तयार गरेका हुन् ।
प्रतिक्रिया