प्रेमीले धोका दिएपछि नायिकाले गरिन् आत्महत्या
कन्नड नायिका चन्दना गोडाले २९ बर्षको उमेरमा आत्महत्या गरेकी छन्। उनले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा प्रेमीले धोका दिए पछि आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीले धोका दिएको आरोप लगाएकी छन् । उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो प्राप्त अग्रेपश्चात परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो ।
चन्दनालाई छिमेकीले अस्पताल त पुर्याए तर चिकित्सकले उनलाई मृत घोषित गरे। समाचारअनुसार चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि प्रेममा थिइन् । प्रेमीले विवाह गर्न नमाने पछि उनी तनावमा थिइन् । चन्दनाको आत्महत्यापछि उनका प्रेमी फरार छन् ।
प्रतिक्रिया