बजेटले समेट्न नसकेको हलवालाको पीडा : आक्रोशित ‘उदय’

कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देशमा महामारीको रुप लिएको छ । यसको सन्त्रास बढ्ने क्रममा सरकारले लामो समय यता फिल्म हल संचालनमा रोक लगाएको छ । छायांकन रोकिएको छ, बनिसकेका फिल्महरु पनि प्रदर्शन हुन सकेका छैनन् । यसबाट धेरै फिल्मकर्मीहरु प्रत्यक्ष, परोक्ष रुपमा मारमा परेका छन् ।  फिल्म हलमा ताला लागेको छ । ठुलो लगानीमा खोलिएका हलका मालिकहरु सडकमा आउने स्थिति सिर्जना भएको छ ।

यहि बीच बर्ष २०७७/७८को बजेट सार्वजनिक भएको छ । कर बुझाउने अन्तिम मिति जेष्ठ २५ राखेको सरकारले न त बजेटमा हलवालालाई समेटेको देखिन्छ न कर छुट नै । बजेटमा मौलिक फिल्मलाई प्रोत्साहित गर्ने, सातै प्रदेशमा छायाँकन स्थल बनाउने र कलाकार संघको भवन निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे पनि कोरोनाका कारण समस्यामा रहेको अन्य कुनै पनि फिल्म क्षेत्रका विषयलाई सम्बोधन गरेको छैन ।

हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेटमा हललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ । संघका निर्वतमान अध्यक्ष प्रदीप कुमार उदयले फिल्म क्षेत्रलाई बेवास्था गरिनुले आफु अचम्मित भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यसक्षेत्रलाई प्राथमिकतामा नराखे हलको चाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

हेरौ उनको पोष्ट : 

कोरोना महामारीको अति प्रभावित क्षेत्रमा परेका होटल,ट्राभल ट्रेकिंग,यातायात,पर्यटन,हवाई सेवा व्यवसाय जस्तै चलचित्र…

Gepostet von Pradeep Kumar Udaya am Montag, 1. Juni 2020