नेपाल भित्रिइन् मनिषा कोइराला
कलाकार मनिषा कोइराला नेपाल आएकी छन् । स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै उनी नेपाल भित्रिएको स्थानीय प्रसासनले मेरो फिल्मलाई जानकारी दिएको हो । उनी आफ्ना बाबु आमासंग आफ्नै गाडी चढेर नेपाल भित्रेकी हुन् । उनको परिवार अब १४ दिन सम्म होटलमा क्वारेन्टिन बस्ने बताइएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेको थियो । नेपालमा भने उनको अभिव्यक्तिको खुलेर प्रसंसा गरिएको थियो ।
तस्विर सौजन्य : सलमान खान / अन्नपुर्ण पोष्ट
प्रतिक्रिया