‘हम दिल दे चुके सनम’ का लागि मनिषा पहिलो रोजाई

पारिवारिक सांगीतिक भारतीय फिल्म ‘हम दिल दे चुके सनम’ निकै हिट भएको थियो । फिल्ममा अभिनेता सलमान खान र ऐश्वर्य राय बच्चनको मुख्य भूमिका छ । फिल्ममा सलामान खानलाई पहिलो रोजाइमा लिइने टुंगो लागे पनि अभिनेत्रीको हकमा चुन्न निकै समय लागेको थियो।  १९९४ की मिस वर्ल्ड ऐश्वर्य राय बच्चनअघि केही अन्य अभिनेत्रीको नाम यो फिल्ममा जोडिएर आएको थियो। जसमा त्यसबेलाकी सुप्रसिद्ध बलिउडकी नायिका मनिषा कोइराला थिइन् । उनलाई यस फिल्ममा अफर गरिएको थियो ।

तर मनिषाले आफूले नभ्याउने र अरु नै कुनै ‘बिग प्रोडक्सन’को मुभीमा काम गरिरहेको बताएकी थिइन् । उनले काम नगरे पछि पनि यो फिल्म ऐश्वर्यको भागमा परेको थिएन । फिल्मका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले यसअघि ‘खामोसी’ फिल्मको निर्देशन गरेका थिए। जहाँ मनिषाको जबरजस्त अभिनय देखेपछि उनले यस फिल्ममा पनि ऐश्वर्यलाई दोहार्याउने बताएका थिए। मनिषाले अस्वीकार गरेपछि भन्सालीले यस फिल्मका लागि करिना कपुरसँग प्रस्ताव राखेका थिए । करिनाले पनि आफू ‘रिफ्युजी’ मार्फत अभिषेक बच्चनसँग बलिउडमा डेब्यु गर्न लागेको बताएकी थिइन् । त्यसपछि मात्र भन्सालीले ऐश्वर्यलाई यो फिल्ममा साइन गराएका थिए ।