बर्षाको फिक्का अध्ययन

‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ यसको विशयमा सेलिब्रेटीलाई जति कसलाई थाहा होला र !

बोलीको कारण बर्षा राउत विवादमा रहदा अर्की नायिका सिवाकोटीले आफ्नो फाइदाका लागि कदम अगाडी बडाइन् । उनले सामाजिक संजालमा आफु ‘सिवाकोटी’ भएको भन्दै चर्चामा आउने फण्डा बनाइन् ।

अध्ययन अभावका कारण राउत विवादमा आएकी थिइन् । फेरी पनि यहि विषय पक्रिदै सिवाकोटीले’गलत बोलेको भए सुधार्दिनुस’ भन्दै आफुले अध्ययन गरेको देखाउन एक भिडियो सार्वजनिक गरेकी छन्।

नवराज विक प्रकरणमा उनले एक भिडीयो बनाएकी छन् । तर कठै, उनको अध्ययन फिक्का छ । बोल्दा बल्दै उनी आफैँ के बोल्दै छु भन्ने नै याद नभएको भिडियो हेर्ने जो कोहीले छुट्याउन सक्छ।

अर्को कलाकारको अप्रत्यक्ष रुपमा मजाक बनाउने उनको प्रयास फिक्का देखिएको छ। अध्ययन गरेको छु भनेर हुदैन, बर्षा जी । सुन्नेलाई अनुभूत पनि त हुनपर्यो।