शाहरुखले आफ्नो अफिसलाई क्वारेन्टिन बनाए

भारतीय अभिनेता शाहरुख खानले आफ्नो अफिसलाई कोरोना संक्रमित राख्ने क्वारेन्टिन बनाएका छन् ।  यसका लागि उनले सरकारसँग अनुरोध गरेका थिए । सोही अनुसार उनको अफिस  क्वारेन्टिन बनिसकेको छ । २२  उक्त क्वारेन्टिनमा अहिले ६ जना कोरोना संक्रमितलाई राखिएको छ ।

उनले सरकारलाई २५ हजार पीपीई किट्स उपलब्ध गराएर सहयोग गरिसकेका छन् । त्यस्तै लकडाउनको समयमा समस्या परेका पाँच हजारलाई खाना समेत पनि खुवाएका छन् ।