प्रवासी कामदारलाई सोनु सुदको सहयोग

कोरोना भाइरसका कारण संकटको समयमा भारतीय अभिनेता सोनु सूदले प्रवासी मजदुरहरुको मद्दत गरिरहेका छन् । भारतमा भएको लकडाउनका कारण नेपाली सहितका लाखौँ प्रवासीहरुले समस्या झेलिरहेको समयमा सोनुले उनीहरुलाई सहयोग गरिरहेका छन् ।

उनले सडकमा लामो दुरीमा हिडेर गन्तव्यमा पुग्न खोजेका मजदुरहरुलाई बस मार्फत पुर्याएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘जो मजदुरहरुलाई हामीले सडकमा छोड्यौँ, उनीहरु ति हुन् जसले हाम्रो घर बनाए । जसले हाम्रो सडक बनाए, हाम्रो अफिस बनाए, हामी शूटिंग गर्छौँ उनीहरुले स्थान बनाए । आज हामीले उनीहरुलाई सडकमा छोड्यौँ । हामीले उनीहरुका सन्तान, उनीहरुका मातापिताको साथ छोड्यौँ । हामीले यस्तो अवस्थामा छोड्यौँ की जब यि बच्चाहरु ठुला हुनेछन् तब उनीहरुको दिमागमा आज पैदल हिँडेको हजारौँ किलोमिटर याद रहनेछ । कोहि हजारौँ किलोमिटर हिँडेर घर पुगे भने कोहि घर पुग्न समेत पाएनन् । मलाई यि मजदुरहरुलाई यसरी छोड्न हुँदैन भन्ने लाग्यो । हामीले नै केहि गर्नुपर्छ भन्ने लाग्यो’ ।

सोनुले पहिलो पटकमा ३०२ जनालाई एकसाथ घर पठाएका थिए । उनले भारतका विभिन्न राज्यका सरकारसँग अनुमती लिएर भारतका कुना कुनासम्म मजदुरहरुलाई पु्र्याएका छन् । जसमा केहि प्रवासीहरु समेत छन् । नेपालको सीमासम्म पनि उनले मजदुरहरुलाई छोडेका छन् ।