हलमा दर्शक निदाउने फिल्म ‘मौलिक’ ? – दीपक राज गिरी

हिजो जेठ १५गते बर्ष २०७७/०७८को बजेट सार्वजनिक भयो । बिगतका बर्षहरुमा भन्दा यस बर्ष केही हद सम्म फिल्म क्षेत्रलाई समेत बजेटमा समेटिएको देख्न सकिन्छ । बजेटको विषयमा कलाकार दीपक राज गिरीको भने धेरै असन्तुस्टी  रहेको देखिन सकिन्छ ।

उनले सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै ‘मौलिक फिल्म’ केलाई भन्ने विषय नै स्पस्ट नभएको बताएका छन् । उनले समिक्षालाई मात्रै ध्यान दिएर गरिएको विश्लेषण मान्य नहुने भाव ब्यक्त गर्दै फिल्मको व्यवसायमा समेत ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । पुरानो सैली अनुरुप गरिने फिल्मको बर्गिकरण गलत भएको उनको तर्क छ । उनले सबैलाई खुसि पार्ने,  ब्यवसाइक रुपमा समेत सफल मानिएका फिल्मलाई अयोग्य ठहर्याएकोमा गुनासो गरेका छन् । हलमा दर्शक तान्न नसक्ने, आधा घण्टा मै निन्द्रा लाग्ने फिल्म मौलिक हुन नसक्ने उनको तर्क छ । साथै बिदेशी र नेपाली फिल्मको टिकटको विषयमा उठाएको कुरा सम्बोधन नभएको उनले बताए।  कलाकार संघको भवन र छायांकन स्थल निर्माण लगायत विषयलाई भने उनले सकारात्मक रुपमा हेरेका छन् ।

आज म लेख्ख्दैछू …..“बजेट र नेपाली चलचित्र उद्योग”मौलिक चलचित्र निर्माणलाइ बजेट छुट्याइएको छ , सुन्दा राम्रो छ मौलिक…

Gepostet von Deepak Raj Giree am Donnerstag, 28. Mai 2020