मुमताजको गलत मृत्युको खबरमा खण्डन
अग्रज भारतीय कलाकार मुमताजले आफ्नो मृत्युको गलत खबर बिरुद्ध असन्तुस्टी ब्यक्त गरेकी छन् । एक हप्ता अगाडी उनको मृत्युको गलत खबर फैलिएको थियो । उनले एक संचारमाध्यमसंग कुराकानी गर्दै कडा प्रतिक्रिया दिएकी छन् । ७२बर्षिया मुमताज भन्छिन्,;म एकदम ठिक छु । मलाइ अचम्म लाग्छ कि मान्छेहरु किन यस्तो गर्छन् ? के यो मजाक हो ? मेरो परिवारलाई यो खबरले धेरै तनाब दियो । सबैले मलाइ सम्पर्क गरे ।‘
उनले थपिन्,’मलाइ माया गर्ने दुनिया भर रहेका छन् । यस्तो खबरले उनीहरुलाई आघात पुगेको छ । मलाइ समेत धेरै असर ।पर्यो यस समय मेरो सम्पूर्ण परिवार लन्डनमा छन् । हामी एक साथ सुरक्षित छौ । तर मेरो विश्व भर आफन्त र मलाइ चाहनेहरु छन् । यसले उनीहरुलाई चिन्तित बनायो । मलाइ किन मार्न चाहन्छन् मान्छे हरु ? जब समय आउछु मा आफैँ जान्छु नी ।
प्रतिक्रिया