ट्विटर ‘ट्रेण्डिङ नम्बर एक’ मा मनिषा कोइराला

मनिषा कोइरालालाई सामाजिक संजाल प्रयोगकर्ताले ट्रेण्डिङमा पार्न सफल भएका हुन् । उनी र उनको समर्थनमा सामाजिक संजालमा पोष्ट गरिएका सामग्री ट्रेण्डिङ नम्बर वानमा परेका हुन् । नेपाली सामाजिक संजाल प्रयोगकर्ताले उनको समर्थन गर्दै ठुलो संख्यामा पोष्ट गरेको कारण उनी सम्बन्धित पोष्टले ट्वीटरमा पहिलो स्थान पाउन सफल भएको हो । सामाजिक संजाल ट्वीटर ह्यान्डलमा ‘ह्यासट्याग आइ एम विथ मनिषा कोइराला’ ट्रेण्डिङ नम्बर एकमा पर्न सफल भएको छ ।

लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालमा नक्सा सार्वजनिक गरिएको थियो । यो विषयको समर्थनमा उनले ट्वीटरमा एक पोष्ट सार्वजनिक गरेकी थिइन् । उक्त पोष्ट सार्वजनिक भएसंगै भारतीय संचारमाध्यममा उनको चौतर्फी बिरोध भयो । तर नेपालमा भने अधिकांशले उनको खुलेर समर्थन गरिरहेका छन्।

लामो समयबाट विवादित रहदै आएको उक्त क्षेत्रमा भारतले बाटो बनाएर उद्घाटन समेत गरे पछि नेपाल सरकारको चासो बढेको थियो।