‘फेसबुक त देशबुक भएछ’ – सुरक्षा पन्त

सामाजिक संजाल नेपालको नक्सा, मनिषा कोइराला र सरकारको समर्थन तथा भारतीय संचारमाध्यमको बिरोधले भरिएको छ।  यहि हप्तालाई मात्रै नियाल्ने हो भने पनि कोरोना भाइरसको कारण मृत महिलाको चर्चा देखियो । उनको  परिवारमा कोरोनाको संक्रमण पाईएन, ‘किन पाइएन’ को चर्चाले सामाजिक संजाल फेसबुक रंगियो । त्यो लगत्तै अनुष्का शर्माको ‘पाताल लोक’ मा प्रयोग गरिएको निक्रिस्ट शब्दको चर्चा गर्दै अनुस्का शर्मा र उक्त सिरियलको ‘रिपोर्ट’ र बिरोध बीच सामाजिक संजाल भरियो । यो विषय सेलाउन नपाउदै मनिषा कोइरालाको ट्विट प्रति भारतीय संचार माध्यमले तल्लो स्तरको व्याख्या विश्लेषण गरे । त्यो पछि नेपाली समुदाय, नेपाली मिडियाले काम नगरेको भन्दै मुख्य त भारतीय संचारमाध्यम माथि खनिन सुरु गर्यो ।

यी सबै विषय बीच लुकेर रहेको गम्भीर विषय ‘कोरोना संक्रमण’ ओझेल पर्यो । नेपालमा दिनदिने संक्रमण फैलिदो स्थितिमा छ । मृतकको संख्या समेत वृद्धि हुदै गएको छ।  तर रास्ट्रीयता, रास्ट्र प्रेमको विषयले हो या सामाजीक संजालको समुचित प्रयोग अभाव, चर्चाको विषय बाढीएको छ । संक्रमितको संक्या बढ्दै जादा परिक्षण भने हुनु पर्ने गतिमा हुन सकेको छैन । कोरोनाका विषयमा विश्लेषण गर्ने हुल समेत भारतीय संचारमाध्यमको पछि लागेको छ ।

यस विषयमा कलाकार सुरक्षा पन्तले भने घुमाउरो पारामा व्यंग्य गरेकी छन् । उनको चासो जायज देखिन्छ । देश बचाउन अघि आफु पनि बाच्न पक्कै जरुरी छ । उनी लेख्छिन्,’ फेसबुक त देशबुक जस्तो देखिराको रहेछ त! सांच्ची यो कोभिडको टेस्टिङ बढ्ने छांट्काट के भैराको छ ? सिमानाको कुरामा जोस अनि महामारीको नियन्त्रणमा होस संगसंगै गएनभने देशको माया गरेको त मत्लबै भएन नि!’

फेसबुक त देशबुक जस्तो देखिराको रहेछ त!सांच्ची यो कोभिडको टेस्टिङ बढ्ने छांट्काट के भैराको छ ? सिमानाको कुरामा जोस अनि महामारीको नियन्त्रणमा होस संगसंगै गएनभने देशको माया गरेको त मत्लबै भएन नि!

Gepostet von Surakshya Panta am Donnerstag, 21. Mai 2020