काठमाडौंमा प्रकाश सपुतको एक दशक
प्रकाश सपुतले गाउँ बाग्लुंग छोडेर काठमाण्डौ पसेको पनि एक दशक पुगेको छ । गीत गाउदै जीवन यात्रा सुरु गरेका उनी गीतको सम्पूर्ण कामको साथसाथै भिडियो निर्देशन र आफ्नै भिडियोमा अभिनय समेत गरेका छन् । दोहोरी ब्याटल मार्फत दोहोरीमा समत नया प्रयोग गरेका उनले बोल माया, गलबन्दी जस्ता गीतमार्फत फिल्मको झैँ कथा प्रस्तुत गरेका छन् । अझ पछिल्लो समय त फिल्म ‘परदेशी २ मार्फत फिल्मी अभिनय यात्रा समेत सुरु गरेका छन् ।
उनको एक बिशेषता, आफ्नो बिगत भुलेका छैनन् । उनले काठमान्डौ छिरेको दिनमा आफुलाई काठमान्डौ भित्र्याउन् अहम भूमिका निभाउने भ्यक्तिलाई सम्झिएका छन् । गायक तथा सारंगी वादक कमल कुमार विश्वकर्मालाई सम्झिएका छन् । उनले सम्झिने बाहेक केही गर्न नसकेको स्वीकारोक्ति समेत गरेका छन् ।
हेरौ उनले लेखेको पोष्ट :
– दाई काठमाण्डौ आउनु पर्यो ? हजुर त्या हुनुहुन्छ केरे दाई !
– हुन्छ भाई , आउ नत ! दुखसुख जे हुन्छ गरौला ।
यो जेठमा म काठमाण्डौ पसेको ठिक १० वर्ष अर्थात एक दशक पुग्छ । सायद आदरणिय गायक / सारंगि बाधक कमल कुमार विश्वकर्माको यत्तिको ढाडस नपाएको भए..??
दाईको गुनविर्सेको त छैन तर केहि गर्न सकेको पनि छैन । यतिसम्म कि अहिले लोकप्रिय च्यानल #सारंगि_संसारमा गएर एकलाईन गित गाउन समेत भ्याएको छैन । एक दिन गएर दुखसुख बाड्दै रमाईलो गर्नु छ।
अस्ति साझ दाई हाम्रोमा आउनु भयो र माहोल बनाईदिनु भयो । मजा आयो । गित त धेरै गाईयो तर एउटा चाई खिचमनत भनेर गित छानीयो- अग्रज द्वय नारायण रायामाझि सरको संगित र आवाज अनि रमेश बिजि दाईको शब्दमा – राम्दी पुल तर्नी… बाचे त होला भेट मरे के गर्ने !…भेट्नु पर्छ है ! सुरक्षित रहनुस !
– दाई काठमाण्डौ आउनु पर्यो ? हजुर त्या हुनुहुन्छ केरे दाई ! – हुन्छ भाई , आउ नत ! दुखसुख जे हुन्छ गरौला । यो जेठमा म…
Gepostet von Prakash Saput am Mittwoch, 20. Mai 2020
प्रतिक्रिया