लकडाउनमा अड्किएका युवाको कथामा छोटो फिल्म ‘घर’

विश्वव्यापी महामारी कोरोनाबाट आर्थिक क्षेत्र तहसनहस छ । लकडाउनले कति घरजानबाट रोकिएका छन् । हप्तौ लगाएर कोहि पैदल नै हिँडेर घर पुगिरहेका छन् । यस्तै लकडाउनको समस्याबाट गुज्रिएको युवाको कथालाई छोटो फिल्म ‘घर’ मा समेटिएको छ । नेत्र गुरुङको निर्देशनमा फिल्म सार्वजनिक भएको छ ।

कडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेका युवाको समग्र कथा समेटिएको छ फिल्ममा । लकडाउनमा युवा मन बेचैन छ । घर छाडेर शहर पस्नुको कारण, प्रेम र प्रेमिकाबाट पाएको धोका, बुबाआमाको सम्झना, घरको स्मरणले पश्चातापको भूमरीमा फसेका छन् । घरको सार यही हो ।

फिल्ममा रोहन नेपाली, बिजय राज अधिकारी,सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी. हिमा जिसी, साधना शर्माको अभिनय रहेको छ । फिल्ममा प्रकाश गुरुङ ‘काश’ को छायांकन, नेत्र गुरुङको लेखन, निर्देशन, सम्पादन भरत छन्त्यालको सहनिर्देशन र बिजयराज अधिकारीको निर्माण रहेको छ । फिल्ममा पब्लिसिटी डिजाइनर सविन गायक रहेका छन् ।